पाल्पामा आरडिटि रिपोर्ट नेगेटिभ आएपछि घर गएकालाई पनि कोरोना संक्रमण पुष्टि

पाल्पा , आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाईनमा बसेर घर गएका पाल्पाका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको माथागढी गाउँपालिका वडा नं. १ चिदिपानीमा रहेकोे क्वारेन्टिनमा बसेर आरडिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर गएका १ जना पुरुष , वडा नं. २ रुप्सेका १ पुरुष र वडा नम्बर ७ रहवासका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिनुभयो । क्वारेन्टिनको अवधी पुरा गरि आरडिटि परिक्षणमा समेत नेगेटिभ रिपोर्ट आए पछि उनिहरु घर गएका थिए । भारत बाट आएका सबैको पिसिआर परिक्षण गर्ने पालिकाको निर्णय अनुसार गरिएको परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । उनिहरुलाई संक्रमण देखिए पछि उनिहरु संग सम्पर्कमा आएकाहरुको खाजी गरि रहेको माथागढि गाँउपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो। गाउँपालिकामा अहिले सम्म २७ जनामा कोरोना संक्रमणे पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?