पाल्पामा संक्रमितको संख्या ५ सय ४५ पुग्यो

पाल्पा, मंगलबार पाल्पाका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
५ जना थपिएसँगै पाल्पामा संक्रमितको संख्या ५ सय ४५ पुगेको छ । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु वडा नं.६ दर्पुकमा १ जना, वडा नं. ४ राम्दीमा २ र वडा नं. २ पोखराथोकमा निर्माण गरिएको क्वारेन्टाइनमा १ जना बस्दै आएका थिए । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ४१ पुगेको छ । यता माथागढी गाउँपालिकामा देखिएका १ जना पुरुष पनि तीन हप्ता अघि भारतबाट आएका थिए । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
यस अघि तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८,तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, रम्भा गाउँपालिकामा ३९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ४७ जना निको भएर घर फर्किए सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?