पाल्पा, हरितालिका तीज अघि होस् या पछि । केही वर्ष यता श्रीकृष्ण जन्माष्टमी देखि श्राद्ध पूर्णिमा सम्म नै ठाउँठाउँमा तीजगित प्रतियोगिता हुँदै आईरहेको छ । विगतका मौलिक तीजभाका विस्तारै लोप हुँदै गैरहेको अवस्थामा भाका संरक्षण संगै चेतना फैलाउन प्रतियोगिताले महत्वपूर्ण योदान दिदै आएको छ ।
तीजको दिन त अझ टोलटोल मै प्रतियोगिता हुँदै आएको छ । क्लव तथा समुहहरुले पनि भलिबल लगाएतका खेल संगै तीजगित प्राय छुटाउँदैनन् । तर यस वर्ष भने विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार लकडाउनको अवस्थामा रह्यो । जसका कारण यस वर्षको हरितालिका तीज मौलिक भाका र प्रतियोगितात्मक कार्यक्रम विहिन बन्न पुग्यो । तर यस वीचमा केही संघ, संस्था र समुहले भने वर्तमान समयमा उपलब्ध प्रविधि मार्फत भिडभाड नगरी मौलिक पन जोगाउने प्रयास गरेको पाइएको छ । पाल्पाको पूर्वमा अवस्थित निस्दी गाउँपालिकाका युवाहरुले पनि गाउँपालिका स्तरिय अनलाईन तीजगित प्रतियोगिता सम्पन्न गरेको छ ।
निस्दी गाउँपालिकाको विकास संगै सम्भावनाको खोजी गर्ने, समस्याका कारण पहिचान.गरी समाधान गर्ने, आफ्ना ठाउँको बारेमा एक अर्कालाई जानकारी गराउने र कर्मको शिलशिलामा गाउँ भन्दा बाहिर रहेका युवाहरुलाई जन्मथलो प्रतिको थप कर्तव्य बोध गराउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुकमा संगठित निस्दी आवाज फेसबुक ग्रुपले प्रतियोगिता गरेको हो । निस्दी आवाज फेसबुक ग्रुपले ‘उज्यालो निस्दी अभियान’ शिर्षकमा प्रतियोगिता आयोजना गरेको थियो । ७ वटै वडाका महिला दिदी बहिनीहरुलाई गित सहितको भिडियो रेकर्ड गरेर निश्चित समय भित्र फेसबुक ग्रुपमा पोष्ट गर्न आग्रह गरिएको थियो ।
.२३ समुहको सहभागीता रहेको प्रतियोगितामा समाज उज्ज्वल महिला समुह निस्दी–४, मित्याल, भोर्माको समुह प्रथम, निस्दी ४, मित्याल ,छापडाँडाको समुह द्वितिय, निस्दी ७ , ज्यामिरे , हुबासको समुह तृतिय भएको छ । जसमा निस्दी ७ ज्यामिरेका धनमाया दिशुवाको शब्द उत्कृष्ट र निस्दी ७ सिमलडाँडाको सृष्टि बाह्राघरेको नृत्य उत्कृष्ट भएको छ । प्रतियोगितामा विजयी प्रथम, द्वितिय र तृतियले क्रमश नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र, उत्कृष्ट शब्द र नृत्यले १/१ हजार र सहभागी समुहले पनि ५/५ सय रुपैयाँ सहित प्रमाण पत्र हात पाउने भएका छन् ।
भाद्र ४ गते १२ बजे देखि भाद्र ६ गते साँझ ९ बजे सम्म निस्दी गाउँपालिकाका ७ वटै बाट २३ समुहले सहभागीता जनाएको थियो । प्रतियोगिहरुले गाउँको वास्तविकता, विकासको अवस्था, वैदेशिक रोजगारीले पारेको प्रभाव, नारी अधिकार संगै विशेष गरी पालिका भित्रको विद्युत लाईन विस्तारको बारेमा ध्यानकर्षण गराएका थिए । जसमा भाद्र ८ गते साँझ ६ बजे सम्म शेयर र लाईक गर्ने समय दिईएको थियो । त्यस बाट ४० प्रतिशत र ६० प्रतिशत राष्ट्रिय कलाकार सहितको निर्णायक टिम मार्फत मुल्याङ्कन गरिएको थियो । प्रतियोगिताको नतिजा मंगलबार साँझ भर्चुअल कार्यक्रम बाट सार्वजनिक गरिएको हो ।
निर्णायक मण्डलको संयोलकमा वरिष्ठ लोकदोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, सदस्यहरुमा गायिका जमुना राना र मोडल तथा नृत्य निर्देशक सुमन थापा रहनु भएको थियो । प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै संयोजक पंगेनीले निस्दीका समस्या समाधानका लागि युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले गितका शब्दहरुले भने झै निस्दीको विकासका लागि आफ्नो तर्फ बाट पनि जनप्रतिनिधिहरुको ध्यानकर्षण गराउने बताउनुभयो । निस्दी आवाज युवा सञ्जालका वरिष्ठ सल्लाहाकार खुम प्रसाद सारुले ‘उज्यालो निस्दी अभियान’ का लागि निस्दी आवाजको आयोजन गरेको प्रतियोगितामा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगितामा सबै समुह सम्पूर्ण निस्दी बासीले जित हासिल गरेको बताउनुभयो ।
निस्दी आवाज युवा सञ्जालका वरिष्ठ सल्लाहाकार झाम बहादुर सुनारीले प्रतियोगिताको पुरस्कार कोरोना प्रभाव कम हुने वित्तिकै प्रदान गरिने बताउनुभयो । निस्दी आवाज युवा सञ्जालका वरिष्ठ सल्लाहाकार खुम प्रसाद सारुको अध्यक्षतामा भएको नतिजा प्रकाशन कार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्यक्रम निस्दी आवाज युवा सञ्जालका गाउँ पालिका प्रतिनिधी मोम बहादुर सोमै स्वागत र निस्दी आवाज युवा सञ्जालका सल्लाहाकार धन बहादुर ठाडाको सञ्चालनमा भएको हो ।
यस्तो थियो विजेता समुहहरुको गित र नृत्य हेर्न तलको लिंकमा जानुहोस् ।
प्रथम हुने समाज उज्ज्वल महिला समुह निस्दी ४, मित्याल , भोर्मा