रामपुरमा मोटरसाईकल ठोक्किदा ३ जना घाईते

पाल्पा, रामपुर नगरपालिका ५ तल्लो बेझाँड चोकमा मंगलबार मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् ।

बेझाँड चोक बाट गैरहेको लु २२ प ४०२६ को मोटरसाईकल र मटेरी जाने बाटो बाट गैरहेको प ०२-०१९ प ३०९४ को मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा मटेरी जाने बाटो बाट आई रहेका रामपुर बस्ने १७ विवस विश्वकर्मा र बेझाँड चोक बाट गइरहेकाे मोटरसाईकलमा सवार रामपुर ३ का ३४ वर्षिय सुर्य मल्ल र गोविन्द सापकोटा रहेका छन् ।

उनीहरुलाई स्थानिय मेडिकलमा समान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?