नेकपाले लोकतन्त्रलाई साधन बनाएर अर्को अधिनायकवाद लाड्न खोज्दैछ : सभापति राना


पाल्पा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति एवं लुम्बिनी प्रदेश सांसद वीर बहादुर रानाले नेपाल कम्युनिष्ट पार्टीले लोकतन्त्रलाई साधन बनाएर मुलुकमा अर्को अधिनायकवाद लाड्न खोजेको आरोप लगाउनु भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा भएको विरोध सभा संगै पार्टी कार्यालय उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रानाले कम्युनिष्ट पार्टीले कहिल्यै लोकतन्त्र र बहुलवादलाई स्वीकार नगरेको बताउनु भयो ।
उहाँले प्रश्न गर्नुभयो, ‘हेर्नुहोस् कम्युनिष्ट पार्टीलाई विश्वास गर्नु भनेको यसले सिधै लोकतन्त्रलाई विश्वास गर्दैन । हामीले इतिहासलाई हेर्ने हो भने कुन चाहिँ कम्युनिष्टले पार्टी लोकतन्त्रवादी भएको छ ? कुन चाँहीले कम्युनिष्ट पार्टीले बहुलवादलाई स्वीकार गरेको छ ? कुन चाँहीले कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थालाई स्वीकार गरेको छ ? कुन चाँहीले कम्युनिष्ट पार्टीले जनताको अभिमतलाई स्वीकार गरेको छ? ‘
उहाँले कम्युनिष्टहरु अन्तमा लाचार भएर लोकतन्त्रलाई स्वीकार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ त्यसैले नेकपा कहिल्यै पनि लोकतन्त्रको पक्षमा छैन । किनकी कम्युनिष्टले लोकतन्त्र र बहुलबादलाई कहिल्यै मानेको छैन। ’ उहाँले कांग्रेस सदा लोकतन्त्र बाट मुलुकको समृद्ध बन्छ भनेर लाग्दै आएको बताउनुभयो ।

नेपाली कांग्रेस निस्दी गाउँपालिका कार्यसमितिले निस्दी-५ , ढुङ्गानाबेसी आयोजना गरेको सभामा रानाले दलीय सरकार परिवर्तन भएपनि कर्मचारी स्थायी सरकार रहेको भन्दै कुनै विचार र प्रलोभन भन्दा बाहिर रहेर जनताको सेवामा खट्न अाग्रह गर्नुभयो । उहाँले निश्पक्ष भएर जनताको सेवा गर्न अनुरोध गर्दै दलीय शासन एउटैको अधिन नरहने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकको महत्वपुर्ण जिम्मेवारी लिएर सही मार्गमा दोर्याउने पार्टी नेपाली कांग्रेस मात्र भएको बताउनुभयो । २००७ देखि हाल सम्म भएका परिवर्तनमा कांग्रेसले महत्पूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले विकासका लागि विचार परिवर्तन गराउन दबाव दिने गरेको भन्दै लोकतन्त्रमा यस्ता क्रियाकलाप मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ विकास सब‌ैको लागि हो । जस्ले गरे पनि उपभोग गर्ने अधिकार सबैको छ । यसमा विकासको नाममा विचारको लागि आखिर दबाब किन दिने ?’

नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क का सभापति सुर्य प्रसाद पोखरेलले प्रधानमन्त्रीले चालेको कदम असंवैधानि र लोकतन्त्रको विरुद्धमा रहेको बताउनुभयो । उहाँले पनि विचारको अाधारमा गरिने विकासका गतिविधी कुनै हालतमा सैह्य नहुने बताउनुभयो । कार्यक्रममा नव प्रवेशी हिम बहादुर पचभैया र नेपाली कांग्रेस निस्दी ५ का पुर्व सभापति बासुदेव ढुङ्गानाले पनि अाफ्नो भनाई राख्दै कम्युनिष्ट पार्टीको व्यवहार र सिद्धान्त फरक भएको बताउँदै अान्तरिक समस्यालाई लिएर मुलुकलाई गम्भीर मोडमा लैजानु गलत रहेको बताउनुभयो । कार्यक्रमको अवसरमा नेपाली कांग्रेस निस्दीले पालिकाको कार्यालय गल्धा ढुङ्गाना बेसीमा भवन उट्घाटन गरेको हो ।

विरोध कार्यक्रम पूर्व पालिका भित्रका कार्यकर्ताहरुको उपस्थितिमा विरोध र्याली निकालिएको थियो । सयौंं नागरिकहरु उपस्थितीमा निकालिएको र्यालीले ढुङ्गाना बेसी बजार परिक्रमा गरेको थियो । कार्यक्रमको अवसरमा केही युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निस्दी गाउँपालिका कार्यसमितिका अध्यक्ष शालिकराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति शिवराज अर्यालको स्वागत र सचिव पूर्ण बहादुर खाँणको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?