पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले पसलहरु बाट ठगी गर्ने एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
तानसेन बजारमा रहेको पसलहरु बाट विभिन्न वहाना तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका ४ बस्ने ३८ वर्षिय नारायण सुवेदीलाई नियन्त्रणमा लिएको हो । उनको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।