पाल्पा, रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो चरणका दुई वटा खेल सम्पन्न भएको छ । विहान भएको एमजेपि रामपुर र रक एक्स आई वालिङ वि विच भएको खेलमा रक एक्सआई वालिङ वि २२ रनले विजयी भएको छ ।
टस जितेर व्यटिङ्ग रोजेको रकएक्स आई वालिङ वि ले १५ ओभरको खेलमा १ सय ३१ रन सहित १३ ओभरमा अलआउट भएको थियो । १ सय ३२ रनको लक्ष्य पछ्याएको एमजेपि रामपुर १ सय ९ रन बनाउँदै १४ ओभर ३ बलमा अल आउट भएको थियो । खेलमा रकएक्स आई वालिङ विका घिरज शाही म्यानअफ दी म्याच घोषित भएका छन् ।
चापाकोट क्रिकेट क्लव र वालिङ ए विच दिउँसो भएको खेलमा वालिङ ए विजयी भएको छ । वालिङ ए ७ विकेटले विजयी भएको हो । टस जितेर व्यटिङ्ग रोजेको चापाकोट क्रिकेट क्लव निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो । चापाकोट क्रिकेट क्लव १९ ओभरमा अलआउट भएको थियो । ८४ रनको लक्ष्य पछ्याएको वालिङ ए ले ३ विकेट गुमाउँदै ७ ओभर चार बलमा लक्ष्य भेटाएको थियो । यस संगै वालिङ ए फाईनलमा पुगेको छ । रकएक्स आई वालिङ ए का मनोज सुनार म्यानअफ दी म्याच घोषित भएका छन् ।
भोलीको खेल लुम्बिनी क्रिकेट क्लव र बेलचौर क्रिकेट क्लव विच विहान ७ बजे हुने छ । त्यस्तै अर्को दिउँसोको खेल विहान हुने खेलका विजेता र रक एक्सआई वालिङ वि विच हुने प्रचार प्रसार समितिका संयोजक रहिम मियाँले जानकारी दिनुभयो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घखाँची, गुल्मी जिल्लाका १५ समुहको सहभागीता रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख राशी र फस्ट रनअपलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।