अन्धकारमुक्ति र सहयोगी साकोस विचकाे एकिकरण संगै प्रारम्भिक साधारण सभा सम्पन्न

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र सहयोगी बचत तथा ऋण सहकारी संस्था विच एकिकरण भए संगै प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । मर्ज प्रक्रिया पुरा गत चैत्रमा एकिकरण भएको संस्थाको प्रारम्भिक साधारण सभा भएको हो ।

एकिकरण पश्चात विनियम पुनर्लेखन संगै कोरोना महामारीका कारण दुवै सहकारीका सिमित पदाधिकारीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो । प्रारम्भिक साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक रुपान्तरणमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै वित्तिय साक्षरताको अझै खाँचो रहेको बताउनुभयो । उहाँले नगर भित्रका सहकारीहरुलाई एकिकृत गर्दै थप व्यवस्थित बनाएर जान नगरपालिकाले पहल थालेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाले वित्तिय संस्थाहरु संग समन्वय गरेर नगरपालिकाले युवाहरुलाई उद्यमशिल बनाउन १२ लाख सम्मको व्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको अब २० लाख सम्म पु¥याउन लागेको बताउनुभयो । उहाँले वित्तिय संस्थाहरुलाई लगानी संगै निरिक्षण समेत आग्रह गर्नु भयो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका सल्लाहाकार एवं रामपुर ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले समान उद्देश्य भएका सहकारीहरु एकिकरणले सकारात्मक सन्देश दिएको बताउँदै दुवै सहकारीका लक्ष्य र उद्देश्यलाई समावेश गरी साझा लक्ष्य तय गर्न आग्रह गर्नुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका सल्लाहाकार मोहन प्रसाद भट्टराईले सहकारीलाई थप उचाईमा पु¥याउन सबैको हातेमालोको खाँचो रहेको बताउनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका सल्लाहाकार नेत्र प्रसाद भट्टराईले एकिकरण संगै थप मजबुत बनाएर शेयर सदस्यहरुलाई कारोबार सहकारी गर्न प्रेरित गर्नु पर्ने बताउनुभयो । सहयोगी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहाकार केशर बहादुर खाँणले एकिकरण संगै थप सेवा केन्द्र विस्तार हुनु खुशीको कुरा रहेको बताउँदै अझ प्रगतिको शुभकामना दिनुभयो ।

कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले सल्लाहाकारहरुको सुझावलाई ग्रहण गर्दै सहकारी समय अनुसार अघि बढ्ने बताउनुभयो । सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले एकिकरण पश्चात उपलब्धी संगै चुनौती कायम रहेको भन्दै सबै संग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको साधारण सभा सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष ढकालको स्वागत बाट सुरु भएको थियो ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा सहभागीलाई अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो ।

अध्यक्षमा देवकोटा

यस्तै अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति गठन भएको छ । साविकको अन्धकारमुक्ति साकोस र सहयोगी साकोसको एकिकरण संगै प्रारम्भिक साधारण सभामाले सागर प्रसाद देवकोटाको अध्यक्षतमा १५ सदस्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद न्यौपाने, सचिवमा ओम प्रकाश बस्याल, सहसचिवमा यम प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा देवेन्द्र प्रसाद पोखरेल र सदस्यहरु मनोरथ भट्टराई, तिलक बहादुर मल्ल, रमेश प्रसाद पोखरेल, मुक्ति भट्टराई, सरस्वती डोटेल, लक्ष्मी ढकाल, हुमा कुमारी सुनारी, उमा श्रेष्ठ, पार्वती वि.क. र सुलेखा भण्डारी रहनु भएको छ ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा विष्णु प्रसाद लम्साल र सदस्यहरुमा रामप्रसाद ढकाल र श्रीकृष्ण भण्डारीलाई चयन गरेको छ । सहकारी एकिकरण कार्यदलको सहमति अनुसार प्रारम्भिक साधारण सभा मार्फत नयाँ कार्यसमिति चयन भएको हाे । अन्य उपसमिति चयन गर्न हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?