रामपुरमा ग्लोबल आइएमईको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले रामपुरमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग संगै सुरक्षित र प्रभावकारी कसरी बनाउने भन्ने बारेमा सचेतना जगाउनका लागि कार्यक्रम गरेको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, लुम्बिनी प्रदेश कार्यालय र रामपुर शाखा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । होटेल न्यू श्रीनगरको सभाहल बेझाँडमा भएको कार्यक्रममा रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध बैंकका ग्राहाकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालयका डिजिटल बैकिङ्ग म्यानेजर मनिन्द्रराज जोशीले बैंकले डिजिटल माध्यम बाट प्रदान गर्दै आएका सेवाहरुको बारेमा जानकारी गराउँदै त्यसको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, मर्चेन्ट सेवा, वालेट सेवा, क्युआर सेवालाई कसरी सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे जानकारी गराउनु भएको थियो । उहाँले मोबाईलमा आउने ओटीपि कोड, मोबाईल बैंकिङ्गको पासवर्ड,  पिनकोड, एटिएमको कोड कसैलाई नदिन अनुरोध गर्नुभयो ।

पछिल्लो समय मोवाईल मार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोहहरुले बैंकको नाम लिएर खाता नं. र ओटीपि कोड माग्ने घटनाहरु भैरहेकाले यस्ता आश्वासनको पछि नलाग्न भन्नुभयो । बैंकले कहिल्यै पनि ग्राहाकको पासवर्ड, ओपीटी कोड नमाग्ने भन्दै यस्ता आग्रह सहितको म्यासेज आएमा विश्वास नगर्न अनुरोध गर्नुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले यस्ता सचेतना मुलक कार्यक्रमहरु समय समयमा सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो । ग्लोबल आइएमई बैंक लिमिटेड रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले मोबाईल बैंकिङ्गको विस्तार संगै सुरक्षित सेवाको लागि संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम गरिएको बताउनुभयो ।

बैंकको परिचय संगै वर्तमान अवस्थाको बारेमा ग्लोबल आइएमई बैंक लिमिटेड रामपुर शाखाका सम्बन्ध व्यवस्थापक कृष्ण भट्टराईले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई कर्पोरेट अफिसका मार्केटिङ्ग विभागका कर्मचारी दिप्ती ढुङ्गेल धन्यवाद ज्ञापन गर्नु भएको थियो । सन २०२५ भित्र पूर्ण रुपमा डिजिटल माध्यम बाट सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंकले अभियान सहित देशका विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?