पाल्पा, सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । रामपुर क्षेत्रमा दुग्ध जन्य पदार्थको उत्पादन वृद्धि संगै बजारिकरणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको सहकारीले शनिबार राम्चे सामुदायिक वनको सभाहलमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि पाण्डेले सहकारीले रामपुर क्षेत्रको पशुपालन क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्नुभयो । नगरपालिकाले पशुपालन तथा कृषि क्षेत्रको उत्थानका लागि सहकारीहरु संगै सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्दै आएको जानकारी दिदै सीताकुण्ड संगको सामिप्यता अझ नजिकको रहेको उल्लेख गर्नुभयो । पाण्डेले नगरपालिकाले कृषि क्षेत्रको प्रवद्र्धनको लागि व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आईरहेको जानकारी दिदै दुग्ध उत्पादन बढाउन सुत्केरी प्रोत्साहन खर्च तथा विमाको कार्यक्रम सहकारीहरु संगै सहकार्य गरेर सञ्चालन गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेले विगतको १० वर्ष सहकारीहरुले पूँजी निर्माणको वर्षको रुपमा मनाएको जानकारी गराउँदै अब पुँजी उत्पादनमा लगाउने समय आएको बताउनुभयो । उहाँले सहकारीहरुले सहकारी ऐनको बारेमा स्थानीय सरकार बुझाउन नसक्दा नीति निर्माणमा समस्या भएको भन्दै यस तफ पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशले दुधको व्यवस्थापनको लागि उद्योग सञ्चालनमा ल्याउन लागेको जानकारी गराउँदै त्यस पश्चात अझै सहज हुने बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सहकारीले लिएको गोठ देखि ओठ सम्म शुद्ध दुध पु¥याउनका लागि लिएको लक्ष्यको सह्रानिय रहेको बताउँदै कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रको उत्थानका लागि स्थानिय सरकार अझै जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा कृषकहरुलाई आफ्नै संस्था हो भन्ने प्रत्याभूति दिलाउँदै अघि बढ्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावलीले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । बाख्रापालन महासंघका केन्द्रीय सदस्य सुर्य प्रसाद रेग्मीले कृषकहरु जागरुक हुने समय आएको बताउँदै अनुदान नभै क्षति पूर्ति माग तर्फ लाग्नु पर्ने बताउनुभयो । उहाँले उत्पादन अभिवृद्धिका लागि प्रोत्साहनको खाँचो रहेको बताउनुभयो । विजयपुर कृषि सहकारीका अध्यक्ष ओम प्रकाश रेग्मीले कृषि क्षेत्रको उत्थान गर्न सहकारीहरु संग सरकारले सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका सल्लाहाकार कृष्ण प्रसाद अर्याल,सहकारीका सल्लाहाकार एवं पूर्व अध्यक्ष कमलराज भट्टराई, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, सहकारीका सल्लाहाकार बालकृष्ण लम्साल, संस्था विकास समितिका संयोजक लेखनाथ शर्मा मरासिनी, पृथ्वी टेलिभिजनका व्यवस्थापक कृष्ण प्रसाद पौडेलले बोल्दै दुधको गुणस्तरियता कायम राख्नको लागि उचित मापनमा ध्यान दिन आग्रह गर्दै स्तरिय प्रविधि भित्र्याउनु आवश्यक रहेको बताउनु भएको थियो । शेयर सदस्य सम्झना श्रेष्ठ र सुन्दर प्रसाद देवकोटाले गाई तथा भैसीपालक कृषकहरुको उत्थानका लागि आवश्यक प्रोत्साहनको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाको बारेमा प्रकाश पार्नु भएको थियो । पशुधन सुरक्षण समितिका संयोजक नागिलाल पौडेलले पशु विमा कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । साधारण सभाको अवसरमा बचतकर्ता मनकुमारी शर्मा, महेन्द्र प्रसाद भट्टराई, असल ऋण सदुपयोगकर्ता शिसुराज तिवारीलाई सम्मान गरिएको थियो । जीवनाथ अक्षयकोष बाट शेयर सदस्य कृष्ण शरण उपाध्याय र तुलसीदेवी घिमिरेलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष दुर्गा देवी आचार्यको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विनोद श्रेष्ठले गर्नु भएको हो ।