बेथल इङ्लिस बोेर्डिङमा पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरु विच पूनर्मिलन

हरि जि.सि.
पाल्पा, बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुल तानसेन पाल्पामा पूर्व विद्यार्थी तथा पूर्व शिक्षक पूनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूनर्मिलन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बेथल बोर्डिङ स्कुल तानसेनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले विद्यालयबाट सफल विद्यार्थीहरु देश विदेशमा गई उत्कृष्ट कलेजमा अध्ययन गर्ने अवसर पाउनुका साथै आफूलाई विज्ञान, वाणिज्य शास्त्र र अन्य प्राविधिक विषयमा दक्ष र अब्बल दर्जामा सावित भएको देख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
बेथल बोर्डिङ स्कुल तानसेनका प्रिन्सिपल खेमबहादुर सारुले शैक्षिक यात्राको अनेक उकाली ओरालीहरु आरोह, अवरोहहरु घुम्ती र मोडहरु पार गर्दै आज यस विद्यालय आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्षणसम्म आइपुग्दा थुप्रै शैक्षिक उपलब्धिहरु हासिल गरिसकेको बताउनुभयो ।

बेथल बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलले बिद्यालय शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने साधन नभई पूर्ण रोजगार मुलक र असल नागरिक उत्पादन गर्ने साधन हुनुपर्नेमा जोड दिनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक तथा पूर्व शिक्षक महेन्द्रकुमार पन्थीले जिल्लामा धेरै गुणस्तरीय शिक्षा दिने नीजि तथा सामुदायिक विद्यालय रहेको भन्दै उहाँले अव कुनै विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न बाहिरी जिल्ला जान नपर्ने बताउनुभयो ।

अक्षयकोषदाता तथा पूर्व शिक्षक सबिता भट्टराई,बेथल स्कुलका दिलबहादुर बराल सहित पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरुले आफ्नो विगतको अनुभव र वर्तमान अवस्थाको बारेमा परिचय गर्नु भएको थियो । कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा पूर्व विद्यार्थीहरु बाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे । कार्यक्रममा पूर्व विद्यार्थी शितल बिरकट्टा, दिलिप बरालले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको संचालक बेथल भू.पू. विद्यार्थी समाजका सचिव लिनिशा गाहाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Close

Close
Close