अन्धकारमुक्ति लुम्बिनी प्रदेश मै उत्कृष्ट बचत तथा ऋण सहकारी हुन सफल

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेश मै उत्कृष्ट बचत तथा ऋण सहकारी बनेको छ । २०५५ सालमा स्थापना भई सहकारीले हाल पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारी मध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेफ्स्कुनले असार १५ देखि साउन १५ गते सम्म पुस्कारको लागि आवेदन आह्वान गरेको थियो । जस अनुसार लुम्बिनी प्रदेश बाट अन्धकारमुक्ति साकोस छनौट भएको हो । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारण सभामा प्रदान गर्ने छ ।

सहकारीले गत वर्ष पनि लघुवित्त तर्फ उत्कृष्ट भएको थियो । १० हजार बढी शेयर सदस्य आवद्ध रहेको सहकारीको कुल पुँजी १ अर्व ३२ करोड पुँजी रहेको छ । सहकारीले बचत तथा ऋणको कारेवार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । रामपुर नगरपालिका ७ डुम्री गाउँमा प्रधान कार्यालय रहेको सहकारीले हाल रामपुर ५ बेझाँड बजार, रामपुर ९ को जब्गादी, रामपुर १० को रामटार, निस्दी ५ को ढुङ्गानाबेशी र रम्भा गाउँपालिका ५ को ताहुँ सेवा केन्द्र बाट सेवा प्रदान गर्दै आई रहेको संस्थाका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

साथै सहकारीले प्रधान कार्यालय बाट वर्षको ३ सय ६५ दिन नै सेवा प्रदान गर्दै आईरहेको संस्थाका सचिव ओम प्रकाश बस्यालले बताउनुभयो । (नेफ्स्कुन) ले घोषणा गरेको पुस्कार आगामी साधारण सभामा प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?