दर्छा हरीयालीको १४ औं साधारण सभा सम्पन्न, घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन

पाल्पा, दर्छा हरीयाली साना किसान सहकारी संस्था लिमिटेड रामपुर–३, पाल्पाको १४ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीले बुधबार रामपुर नगरपालिका ३ सानीअमराईमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष भेष बहादुर वंशीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले सहकारीले कृषकहरुको सहजता र कृषि क्षेत्रको उत्थानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आर्थिक सानासाना पुँजीलाई एकितृत गरी कृषिको माध्यम बाट आर्थिक समृद्धिका लागि अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो सोही अनुसार सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले वडा तथा नगरका जनता उत्थानका लागि दिएको योगदानको प्रशंसा गर्नुभयो ।

रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले कृषि क्षेत्रको उत्थानको लागि रामपुर नगरपालिकाले सहकारीहरु संग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । कार्यक्रममा पशु बीमा संयोजक बालकृष्ण खनाल, संस्थाका सल्लाहकार सदस्य दिनेश कुमार खनाल, ुसुर्य प्रसाद पोखरेल, बोधराज सुवेदी र लेखा समिति सदस्य ज्ञानेन्द्र पाण्डेले आफ्नो भनाई राख्दै शुभकामना व्यक्त गर्नु भएको थियो । सहकारीको तर्फ बाट संस्थाका अध्यक्ष भेष बहादुर बंशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्राप्त गरेका उपलब्धी, भावि लक्ष्य र रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभाको अवसरमा सहकारीले नियमित बचतकर्ता सुन्दरी माझी, असल कृषक राधा भट्टराई, असल पशुपालक पार्बती ठकुरी, असल ऋणी लक्ष्मी पराजुली र असल बाल कर्ता ऐश्वर्या गिरिलाई पुरस्कृत गरेको छ ।

त्यस्तै सहकारीले २०७८ सालको एसईईमा उत्कृष्ट अंक ल्याउन सफल सन्ध्या पाठक र विष्णु तिवारीलाई सम्मान गरिएको थियो । साथै सहकारीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्यमा निर्वाचित राजु प्रसाद श्रेष्ठ, स्थानीय तह निर्वाचनमा रामपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई सम्मान गरेको छ । सञ्चालक समितिका सदस्य यमाकान्ति पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शेयर सदस्य हरिबाबु पोखरेलले गर्नु भएको हो ।

संस्थाको अधिवेशनले गणेश प्रसाद घिमिरेको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेनुका देवी ठाडा, लेखा समितिको संयोजकमा कृष्ण प्रसाद खनाललाई चयन गरेको छ ।त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा ऋषिराम खनाल, कमला खनाल, भगवती तिमिल्सिना, विष्णु मायाँ पोख्रेल, गणेश बहादुर राना, चित्र कुमारी राना, दिन बहादुर मल्ल मेदासी, राम बहादुर घर्ती, नारायणी खनाल, रञ्जु भट्टराई, देव बहादुर नेपाली, हरिचन्द्र पोख्रेल र अनिता राना रहनु भएको निर्वाचन समितिका संयोजक खोमराज पराजुलीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?