सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधी आयोजक किङ्गस क्लवलाई

पाल्पा, रामपुर नगरपालिका ५ बेझाँडमा भएको प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधी आयोजक किङ्गस क्लवले जित्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा ट्राई ब्रेकरमा ज्योतिपुञ्ज युथ क्लवलाई २/० गोलले हराउँदै किङ्गस क्लवले उपाधी हात पारेको हो ।

निर्धारित समयमा खेल १/१ गोलको बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा गएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ८ मिनेटमा पेनाल्टी मार्फत १ गोल गर्दै किङ्गस क्लवका क्याप्टेन विशाल मल्लले अग्रता दिलाएका थिए । ज्योति पुञ्जको तर्फ बाट फल हुन पुगे पछि किङ्गसले फ्रि किक प्राप्त गरेको थियो । सोही बललाई विशाल मल्लले पोष्ट तर्फ प्रहार गर्ने क्रममा ज्योति पुञ्जको तर्फ बाट ह्याण्ड हुन पुगे पछि पेनाल्टीको अवसर पाएको हो ।

त्यस लगतै ज्योति पुञ्जका लागि १८ औं मिनेटमा संगम परियारले गोल गर्दै खेललाई बराबरीमा फर्काको थियो । अन्तत बराबरीमा सकिएको खेलको ट्राई ब्रेकरमा किङ्गस क्लवले २/० को गोल गर्दै उपाधी जित्न सफल भयो । यस संगै ज्योति पुञ्ज उपविजेतामा सिमित भएको छ । विजेता र उपविजेताले क्रमश नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

किङ्गस क्लवले आयोजना गरेको प्रतियोगितामा रामपुर नगरपालिका र चापाकोट नगरपालिका भित्रका १३ खेल समुह विच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी किङ्गस क्लवका विशाल मल्ल, वेष्ट गोलकिप्पर किङ्गस क्लवका चन्द्र राना, आईस्कोरर ज्योतिपुञ्ज युथ क्लवका संगम परियार, वेष्ट डिफेण्डर किङ्गस क्लवका कसम मल्ल र राईजिङ्ग प्लेयर लाली गुराँस एशोसियसनका सुनिल राना भएका छन् ।

८ समुहको सहभाीता रहेको भेट्रान्स तर्फको खेलमा वल्र्ड विजयपुरलाई २/१ गोलले पराजित गर्दै आयोजक किङ्गस क्लव विजयी भएको छ । प्रतियोगिताको विजेता समुहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार वितरण गर्दै नगर प्रमुख थापाले खेलले अनुशासनको विकास संगै सिङ्गो राष्ट्रलाई चिनाउन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । खेलकुदको पूर्वाधार निर्माण गरी थप व्यवस्थित गर्दै लैजान नगरपालिकाले पनि पहल गर्दै आएको बताउनुभयो । उहाँले सामाज रुपान्तरणका लागि एकतावद्ध भएर अघि बढ्न युवाहरुलाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले प्रतियोगिताले सम्बन्ध सुमधुर बनाउन तथा खेलाडीहरुलाई अघि बढ्न थप अभिप्रेरित गरेको बताउनुभयो । क्लवका अध्यक्ष योगेन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव जोगन भुजेल र सहसचिव लक्ष्मण थापा मश्राङ्गीले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा सांस्कृतिक प्रस्तुतिहरु प्नि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?