रामपुर ८ मा आगोलागीबाट एक घरमा लाखौंको क्षति

पाल्पा, रामपुर नगरपालिका ८ मा आगोलागी बाट एक घरमा क्षति भएको छ । आईतबार दिउँसो लागेको आगोलागीले रामपुर–८, एक्लेटार खम्चुवा स्थित राम प्रसाद न्यौपानेको घरमा क्षति भएको हो ।

दिउँसो साढे २ बजेको समयमा घरमा विद्युत सर्ट भई न्यौपानेको तीनले छाएको तीन तले घरमा आगोलागी भएको थियो । आगोलागी बाट न्यौपानेको घर पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाको दमकलको सहयोगमा प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले आगो नियन्त्रणमा लिएको छ । आगोलागी बाट घरभित्रको अन्नपात, लत्ताकपडा सहित नगद ९२ हजार र ३ तोला सुन जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगोलागी बाट २५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?