रामपुर १० का टाेल संयाेजकहरुलाई कानुनी साक्षरता प्रदान

पाल्पा, रामपुर नगरपालिका वडा नं . १० ले टोल विकास समितिका संयोजकहरुलाई कानुनी साक्षरता प्रदान गरेको छ । रामपुर नगरपालिका वडा नं. १० ले शनिबार कार्यक्रम गरी  टाेल विकास समितिका संयाेजकहरुलाई कानुन सम्बन्धि प्रशिक्षण दिएकाे हाे ।

हाेटल पाैवा तानसेनमा भएकाे कार्यक्रममा विभिन्न तह र निकायका कानुनी व्यवस्थाकाे विषयमा सहजीकरण गरिएकाे थियाे । वडा नं.१० भित्रका टाेल विकास समितिका संयाेजक सहित २२ जनाकाे सहभागीता रहेकाे कार्यक्रमकाे सहजिकरण अधिवक्ता द्वय विनाेद कार्की र मिना जिसिले गर्नु भएकाे थियाे ।

रामपुर नगरपालिका वडा नं. १० का वडा सदस्य राम कुमारी भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रम वडा सदस्य पिताम्बर ओस्तीकाे स्वागत र वडा सदस्य सुमित्रा बर्मेलीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । गाउँ टाेलमा हुने विभिन्न विवाद निरुपण , समस्याको कानुनी उपचारका लागि आवश्यक कानुनी प्रावधानकाे बारेमा जानकारी गराउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कानुनी साक्षरता प्रदान गरिएकाे वडा नं. १० का अध्यक्ष ताेयानाथ सारु थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?