रामपुरमा तीन दिने राजयोग प्रशिक्षण कार्यक्रम सुरु

पाल्पा, रामपुरमा तीन दिने मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रामपुर शाखाको आयोजनामा न्यू होटल श्रीनगरको सभाहलमा प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रम ब्रमकुमारी पेमा को अध्यक्षतामा भएको कार्यक्रम लुम्विनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम प्रमुख अतिथी श्रेष्ठ र ब्रह्माकुमारी राजयोगिनी प्रणयता दादी जि ले पानसमा बति बालेर ३ प्रशिक्षण कार्यक्रमको शुभरम्भ गर्नु भएको थियो । प्रमुख अतिथी श्रेष्ठले हामी आफैलाई चिन्न नसकेर पछाडी परेको भन्दै आफ्नो सोच र विचारलाई सहि गन्तव्य दिन सके मात्र खुशी मिल्ने बताउनुभयो । उहाँले स्वास्थ्य जीवन र सफलताको लागि योग महत्वपूर्ण रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समाज परिवर्तनको कुरा गरेर मात्र नहुने भन्दै हिजो आज मानिस तनावले रुमलिरहेको समयमा आध्यात्मिक ज्ञान अति महत्वपुर्ण रहको बताउनु भयो । हामी भित्रै खुशि छ खुशि हुन जान्नु पर्छ भन्दै सकरात्मक सोचले मानिस गन्तव्यमा पुग्ने बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा  बरिष्ठ राजयोग प्रशिक्षक ब्रमकुमार राजु घलेले प्रशिक्षण दिनु भएको थियो । होटल श्रीनगरको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि राजनितिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि आमा समुह विभिन्न बैक तथा वितिय संस्था क्लव का प्रमुख तथा पतिनिधि समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा जीवनमा कसरी खुशी हुन सकिन्छ, राजयोगले हाम्रो जीवनमा  कस्तो प्रभाव पार्छ लगायतका सकरात्मक सोच सम्वन्धी ज्ञान सिकाउनु भएको हो । विहान ७ बजे देखि ९ बजे सम्म भएको प्रशिक्षण कार्यक्रममा सहभागि हुन ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय शाखा कार्यालय रामपुरले अनुरोध गरेको छ । ब्रह्मकुमार भानु प्रकाश पौड्यालको स्वागत मन्तव्य बाट शूरु भएको प्रशिक्षण शुभारम्भ  कार्यक्रमको संचालन रामपुर शाखाका प्रमुख ब्रह्मकुमारी सरस्वती दिदीले गर्नु भएको हो ।

कार्यक्रम आगामी चैत १४ गते सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Close

Close
Close