असोज २६ ।
पाल्पा, रामपुरमा हुन गैरहेको दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित आगामी कार्तिक ३ देखि १० गतेसम्म हुन गैरहेको प्रतियोगिता आज बडा दशैंको अवसर पारेर सार्वजनिक गरिएको हो ।
ज्योतिपुञ्ज युवा क्लव रामपुर–७, पाल्पाले २८ औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो संस्करणको प्रतियोगिता १० क्लव वीच प्रतिस्पर्धा हुनेछ । किसानबारी स्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगिताको समुह ए तर्फ रामपुर ज्योतिपुञ्ज युथ क्लव रामपुर पाल्पा, युनाईटेड युथ क्लव गिरुबारी नवलपरासी, फर्साटिकर युथ क्लव रुपन्देही, भैरव स्पोर्ट क्लव नवलपरासी र न्यू युथ युनियन क्लव तानसेन पाल्पा रहेको छ । त्यस्तै समुह वि तर्फ २८ विघामा युथ क्लव नवलपुर, होराईजन क्लव वालिङ स्याङ्जा, देवदह ब्वाईज रुपन्देही, त्रिशक्ति युथ क्लव काठमाडौ र गन्नी फुटबल क्लव पोखरा रहेको क्लवका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गतको उट्घाटन खेल कार्तिक ३ गते दिउँसो साढे ३ बजे फर्साटिकर युथ क्लव र भैरव युथ क्लव विच हुनेछ । पहिलो चरणको दोस्रो होराईजन क्लव वालिङ र अठ्ठाइस विघा युथ क्लव विच कार्तिक चार गते विहान साढे ११ बजे हुनेछ । सोही दिन पहिलो चरणको तेस्रो खेल दिउँसो साढे ३ बजे रामपुर ज्योतिपुञ्ज युथक्लव र युनाईटेड युथ क्लव विच हुनेछ । चौथो खेल कार्तिक ५ गते दिउँसो साढे ३ बजे देवदह ब्वाईज र त्रिशक्ति युथ क्लव वीच हुनेछ ।
खेलतालिका अनुसार समूह ए बाट न्यू युथ युनियन र गन्नी फुटबल क्लवले क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्नेछ । क्वटर फाईनलको पहिलो खेल कार्तिक ६ गते र दोस्रो खेल कार्तिक ८ गते दिउँसो ३ बजे हुनेछ । त्यसै सेमिफाईनलको पहिलो खेल कार्तिक ७ गते र दोस्रो खेल कार्तिक ९ गते हुनेछ । प्रतियोगिताको फाईनल खेल कार्तिक १० गते दिउँसो ३ बजे हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन संगै रामपुर नगरको पहिचान तथा पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष गौतमले बताउनुभयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।