पूर्वखोलामा सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान

माघ १० ।
पाल्पा, पूर्वखोला गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताहरुका लागि २ दिने पुनर्ताजगी तालिम प्रदान गरेको छ । पालिका भित्रका वडा अध्यक्ष, सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरुलाई तालिम प्रदान गरेको हो ।

सामुदायिक मेलमिलापकर्ताहरुकाे क्षमता अभिवृद्धि गरि निष्पक्ष र सहज वातावरणमा समुदाय स्तरका विवाद समाधान तथा निराकरण गर्ने उद्देश्यले तालिम प्रदान गरेको हो । तालिम समापनको अवसरमा बोल्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सामुदायिक मेलमिलापकर्ताहरुको कारण समाजमा आईपर्ने साना खालका विवाद तथा समस्याहरु त्यँही समाधान हुने भएकाले यो तालिमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भागिरथी शर्मा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगाएतले न्यायिक समिति र सामुदायिक मेलमिलापकर्ताहरुको समन्वयमा ग्रामिण भेगमा हुने सामान्य विवाद समाधान गर्न, कानुनी र न्यायीक समाजको निर्माण गर्न, नागरिकलाई न्यायको अनुभुती गराउन तालिमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका कानूनी सल्लाहकार नारायण प्रसाद ज्ञवाली, अधिबक्ता शान्ती बस्याल र मेलमिलापकर्ता अम्बिका बस्यालले तालिमको सहजिकरण गर्नुभएको गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरू, १८ जना सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरू, पूर्वखोला गाउँपालिका वडा नं ३ का साविक ९ वटा वडाका आमा समूहका प्रतिनिधिहरू तालिममा सहभागी भएका थिए । समापन कार्यक्रम न्यायिक समिति सदस्य सचिव शर्मिला चौधरीले सञ्चालन गर्नुभएको थियो ।

यस्तै एक दिने कानूनी सचेतना सम्बन्धि अनुशिक्षण कार्यक्रममा पूर्वखाेला गाउँपालिका वडा नं ३ मा सम्पन्न भएको छ । कार्यक्रममा साविक रिङ्गनेरह गाविसका ९ वटा वडाका आमा समूहका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?