माघ १२ ।
पाल्पा, क्षेत्री समाज रामपुर पाल्पाको नगर स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गा बहादुर केसीको अध्यक्षतामा २५ सदस्य नगर स्तरीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गणेश बहादुर क्षेत्री, शशी कुमारी जिसी, सचिवमा विष्णु बहादुर अर्याल, सहसचिवमा श्रीकुमार पौडेल, कोषाध्यक्षमा श्रीदेवी केसी र सहकोषध्यक्षमा लक्ष्मण के.सी.लाई चयर गरेको अन्य पदाधिकारी सदस्यमा रहनु भएको छ । समाजको कार्यालय परिसरमा भएको अधिवेशन तदर्थ समितिका अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र समाजकम सल्लाहाकार लोक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
अधिवेशनमा बोल्दै प्रमुख अतिथी क्षेत्रीले समुदायको मौलिक संस्कृति प्रवद्र्धन गरी समाजलाई संस्थागत गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा समाजका सल्लाहाकार बल बहादुर जिसी, विष्णु जिसी, उपाध्यक्ष गणेश बहादुर क्षेत्री, शशी कुमारी जिसी, सदस्य ललित बहादुर जिसी, सदस्य हरि ज्ञावली र शिव शंकर जिसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष श्रीदेवी केसीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । निर्वाचन समितिको संयोजकमा विक्रम बस्नेत र सदस्यहरुमा पुरुषोत्तम केसी र प्रकाश ज्ञावली रहनु भएको थियो । समाजको कार्यालय परिसरमा भएको कार्यक्रम उपाध्यक्ष प्रेम बहादुर पोखरेलको स्वागत र सचिव विष्णु बहादुर अर्यालको सञ्चालनमा भएको हो ।