प्रहरी द्वारा अवैध घरेलु मदिरा नष्ट


माघ १३ ।
पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सवारी चेकजाँचको क्रममा निस्दी गाउँपालिका–५, बेलडाँडा बाट बरामद भएको २७० लिटर घरेलु मदिरा प्रहरीले आईतबार नष्ट गरेको हो ।

गत माघ १० गते विहिबार इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गरेको थियो । सो क्रममा तानसेन बाट रामपुर तर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रुवाहक बस बाट मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी  निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको मदिरा ४० हजार मुल्य बराबरको रहेको उहाँले बताउनुभयो । प्रहरीले कार्यालय परिसरमा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की सहित सञ्चारकर्मीहरुको उपस्थितिमा नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?