रामपुरमा नेपाल भारत मैत्री संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न


माघ १६
पाल्पा, नेपाल भारत मैत्री संघ जिल्ला शाखा पाल्पाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भारतको ७६ अौं गणतन्त दिवस एवं सहिद दिवसको अवसरमा संघले बुधबार रामपुरमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सांसद् युवराज खनालले संस्थाले नेपाल भारत विच नजिकको सम्बन्ध रहेको बताउनु भयो । उहाँले संघले दुई देश विचको सम्बन्ध थप सुमधुर बनाउँदै विकास साझेदारीमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । उहाँले सकारात्मक कार्य गर्दै संघलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।नेपाल भारत मैत्री संघ पाल्पाका सल्लाहाकार देवराज ढकालले संघले सम्बन्ध विस्तार संगै शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पाल्पाका जिल्ला सचिव राम्जी प्रसाद पोखरेलले भारत सरकारले नेपालको विकासमन सहयोग गर्दै आएको बताउनुभयो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले संघ संग सहकार्य गर्दै अघि बढ्न नेपाली कांग्रेस रामपुर सदा तयार रहेको बताउनुभयो । नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हजिल दिन मियाँले संघ संघ सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । आदर्श भूपू सैनिका संस्थाका क्याप्टेन ओम नारायण श्रेष्ठले नेपाल भारत विचको सम्बन्ध थप सुमधुर बनाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा आदर्श भुपू सैनिक संस्थाका क्या. धन बहादुर श्रेष्ठ, क्या. बल बहादुर जिसी, संघका जिल्ला सदस्य कमल ढकाल, सदस्य सुन्दर देवकोटाले आफ्नो धारणा राख्नु भएको थिय‍ो ।

कार्यक्रममा संघका सुर्य नारायण श्रेष्ठले, सुन बहादुर थापाले आफ्नो भनाई राख्नु भएको थियो । संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संघले विद्यार्थीहरुलाई छात्रवृति, विद्यालयहरुमा पुस्तकालय स्थापना एवं विभिन्न कार्यमा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य राजु बयम्बुले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?