माघ २२ ।
पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोकमा मंगलबार अपरान्ह एक पुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोक बस्दै आउनुभएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको हो ।
मंगलबार अपरान्ह साढे ४ बजेतिर सुर्यबंशी आफू बसेको घरदेखि तीनसय मिटर टाढा रहेको गोरेटोबाटो देखि २० मिटर तल खरबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
मृतकको शव प्ररम्भिक अनुसन्धन पश्चात पोष्टमार्टमका लागि पाल्पा अस्पताल तानसेन पठाइएको मल्लले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।