माघ २३ ।
पाल्पा, रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आज चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक प्रकाश दुतराजको प्रस्तुती रहने भएको छ । गत माघ १५ देखि २७ सम्म रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सञ्चालनमा रहेको मेलाको नवौं दिन आज दुतराज संगै अन्य कलाकारहरुको प्रस्तुति रहनेछ ।
गायक प्रकाश दुतराजको रेशम, रिमै, जुन माया, घरकता हो बैनीको, बैनी झ्यालैमा, जाम भो माईली लगाएतका थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरू चर्चामा रहेको छ । रामतुलसी नमुना माविको खेल मैदान बेझाँडमा जारी मेलामा उहाँ संगै लोक दोहोरी गायिका कोपिला न्यौपाने, आधुनिक गायक संजिव सिं राना, हास्यकलाकार कमल भट्टराई, विजय वम्डेल र डान्सर सरिता दान्कुटीको प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक दिपक केसीले जानकारी दिनुभयो ।