मुना मेमोरियल ट्रष्ट रामपुर १० पाल्पाद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

पाल्पा ,मुना मेमोरियल ट्रष्ट रामपुर १० पाल्पाले विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ ।

स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत जनकल्याण माध्यमिक विद्यालय रामपुर १० रामटार पाल्पाकी छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयबाट यस वर्षको एसइइ परिक्षामा उत्कृष्ट जिपिए सहित उत्तिर्ण हुन सफल सावित्री गैरेलाई छात्रवृत्ति स्वरुप ७ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । ट्रष्टले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गरेर एस ई ई मा उत्कृष्ट अंक सहित उत्तिर्ण छात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि १३ औँ वार्षिक उत्सवको अवसरमा बुधवार एक कार्यक्रम गरि छात्रवृत्ति गरेको छ ।

छात्रवृत्ति वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले मुना मेमोरियल ट्रष्टले समाज र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान प्रसंशनीय रहेको बताउनुभयो । एसईईमा उत्कृष्ट ग्रेडका साथ उत्तिर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर थप हौसला र उत्प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । साथै ट्रष्टले सम्मान र प्रोत्सहानका लागी छात्रवृत्ति प्रदान गरेको भन्दै सम्मानीत विद्यर्थीलाई उत्कृष्ट शिक्षा हासिल गर्नका लागि लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.१० का वडा सदस्य पिताम्बर ओस्तीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई सहित शुभकामना दिंदै ट्रष्टले सञ्चालन गर्ने कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । यस्तै जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द भण्डारीले मानवसेवाका लागि सबैमा सेवा भाव हुन जरुरी रहेको भन्दै छात्रवृत्ति कार्यक्रमलाई विद्यालयमै वितरण गर्न सके थप प्रभावकारी हुने बताउनुभयो । महिला नेतृ दुर्गा देवि भण्डारीले छात्रवृत्ति पाउने विद्यर्थीलाई शुभकामना दिंदै उच्च मनोबलका साथ अध्ययन गरेर ट्रष्टले गरेको सम्मानको गरिमा बढाउन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सिर्जना आमा समूहका पूर्व अध्यक्ष धन कुमारी चापागाई,समाजसेवि टुंगराज पौडेल,पार्वती न्यौपाने, नोलराज भण्डारीले बोल्दै ट्रष्टले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेर प्रेरणा सहित हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थी सावित्री गैरेले ट्रष्टले प्रदान गरेको छात्रवृत्तिले आगामी शैक्षिक यात्राका लागि थप प्रोत्सहान र हौसला मिलेको भन्दै यसले अध्ययनमा सहजताका लागि सघाउ पुर्‍याउने बताउनुभयो । कार्यक्रममा मुना मेमोरियल ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीले समाजसेवाका लागि सबै अग्रसर भएर लाग्नु पर्ने भन्दै आगामी दिनमा विभिन्न कार्यक्रमका साथ अगाडी बढ्ने बताउनुभयो ।

मुना मेमोरियल ट्रष्टको भवन रामपुर १० काभ्रेघारीमा ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सिर्जना आमा समूहका अध्यक्ष सावित्रा अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन ट्रष्टका सचिव उपेन्द्र अधिकारीले गर्नु भएको थियो ।कार्यक्रमका अवसरमा ट्रष्टले जनकल्याण माध्यमिक विद्यालयको पुस्तकालयका लागि १७ वटा पुस्तक हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?