रामपुर महोत्सवमा कुमा सागर एण्ड द ख्वप गुञ्जिने

माघ २३ ।
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा शुक्रबार अपरान्ह पाँच बजे देखि गुञ्जिने छ । व्याण्डको हावाको लहर…., फुरफुरी…., चमेली फूल…., ओ चम्फा….. छहरी सरि…, धर्के झोला…., रारा तालैमा लगाएतका दजनौं गीतहरु चर्चित रहेको छ । युवाका दर्शकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै महोत्सवमा कुमा सागर एण्ड द ख्वपलाई महोत्सव प्रस्तुत गर्न लागिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर के.सी. पुरुषोत्तमले बताउनुभयो ।

कुमा सागर एण्ड द ख्वप व्याण्डको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन आवश्यक थप व्यवस्थापनको कार्य अघि बढाईएको सांस्कृतिक संयोजक दिपक के.सी. बताउनुभयो । व्याण्डको प्रस्तुतिलाई मध्यनजर गर्दै स्टेज, साउण्ड, लाईटको व्यवस्थापनको थप तयारी अघि बढाईएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?