हुप्सेकोटमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ

नवलपुर, कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा सेवा शुभारम्भ गरेको हो ।

बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार हुप्सेकोट गाँउपालिका वडा नं. ३ नवलपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सेवा शुभारम्भ गर्दै हुप्सेकोट गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेबि पाण्डलेले ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास बढने बताउनु भयो । त्यस्तै हुप्सेकोट गाँउपालीकामा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा मात्र नभई शाखा नै आवश्यक रहेको समेत बताउनु भयो ।

हुप्सेकोट गाँउपालिका वडा नं. ३ निवासी सन्जु गुरुङ्ग लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।
यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको कामना विकास बैकका क्षेत्रीय प्रमुख शिव कुमार ढकालले बताउनु बताउनु भयो ।

कार्यक्रमा हुप्सेकोट गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु बहादुर राना , प्रम बहादुर कार्की ,चुरा बहादुर गुरुङ्ग , व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुक व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?