पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले संस्थाको २४ औं वार्षिक साधारण सभा जब्गादी सेवा केन्द्र र ताहुँ सेवा केन्द्रमा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार विधिवत रुपमा २४ औं वार्षिक साधार सभाको शुभारम्भ गरी सेवा केन्द्रगत रुपमा साधारण सभा राखेको हो ।
शनिबार जब्गादी सेवाकेन्द्र स्तरीय साधारण सभा भानुभक्त माध्यमिक विद्यालय जब्गादी र ताहुँ सेवा केन्द्र स्तरीय साधारण सभा रम्भा माध्यमिक विद्यालयको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो । जब्गादी सेवा केन्द्र अन्तर्गत भानुभक्त माध्यमिक विद्यालयमा भएको साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका शिक्षा उपसमितिका संयोजक दिल बहादुर रानाले वित्तिय सेवा प्रवाह संगै सहकारीले सामाजिक क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्नुभयो । ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरु संगै उद्यमीहरुको उत्थानको लागि संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताउँदै रामपुर नगरपालिका सहकारीहरु संगै सहकार्य गरी जनताको आर्थिक समृद्धिका लागि लाग्ने बताउनुभयो ।
कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले दैनिक ५० पैसा संकलन बाट सुरु भएको संस्थाले हाल सम्म प्राप्त गरेको उपलब्धी शेयर सदस्यहरुको देन रहेको बताउँदै शेयर सदस्यहरुको उत्थानका लागि आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहकारीको सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउनका लागि सहकारीले डिजिटल प्रविधिको प्रयोगलाई अवलम्बन गर्दै आएको र शेयर सदस्यहरुको सुझव अनुसार संस्थालाई अघि बढाउने बताउनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद लम्सालले ऐन र कानुनको परिधिमा रही संस्थाले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको भन्दै ढुक्क भएर संस्थामा कारोबार गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा कार्यसमिति सदस्य लक्ष्मी ढकालले शेयर सदस्यहरुको दुख र सुखमा अन्धकार बचत तथा ऋण सहकारी साथमै रहेको बताउनुभयो ।
संस्थाका कानुनी उपसमितिका सदस्य शम्भु प्रसाद अर्याल, जब्गादी बजार व्यवस्थापन समितिका अध्यक्ष बसन्ती कुमारी श्रेष्ठ, नेकपा एमाले रामपुर ९ का वडा कमिटी अध्यक्ष मोहनलाल खनाल, जनशान्ति मावि प्रधानाध्यापक ढक बहादुर सिंजाली, समाजसेवी केशवराज पंगेनी, शेयर सदस्य विष्णु पंगेनी, केन्द्र नं. २ सय १३ केन्द्र प्रमुख सिमा श्रेष्ठले संस्थाले लगानी गरेका क्षेत्रको अनुगमन आवश्यक रहेको भन्दै वित्तिय संस्थाहरु बाट ऋण लिदा ध्यान दिन आग्रह गरेका थिए ।
संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले संस्थाको वित्तिय अवस्था र गत वर्ष सञ्चालन भएका कार्यक्रमहरुको बारेमा जानकारी दिदै गत वर्ष ४ करोड ४६ लाख ६८ हजार ७ सय ५२ आम्दानी गर्न सफल भएको बताउनुभयो । संस्थामा गत आर्थिक वर्ष सम्ममा १० हजार ६१ जना शेयर सदस्य रहेकोमा हाल १० हजार ७ सय भन्दा बढी आवद्ध रहेको बताउनुभयो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालक समितिका सदस्य मनोरथ भट्टराईको स्वागत, सहसचिव यम प्रसाद श्रेष्ठको धन्यवाद र कर्जा विभाग प्रमुख रामचन्द्र ढुङ्गानाको सञ्चालनमा भएको हो ।
यता रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै सहकारी विना अर्थतन्त्रलाई सुव्यवस्थित तरिका बाट अघि बढाउन नसकिने बताउनु भएको छ । अन्धकारमुक्ति साकोसको ताहुँ सेवा केन्द्र स्तरीय साधारण सभाको उट्घाटन गर्दै भण्डारीले सुखी र समृद्धिका लागि उद्यमशिलता आवश्यक रहेको बताउँदै, रम्भा गाउँपालिका सहकारी संग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । रम्भा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले वित्तिय क्षेत्रमा रहेको विकृतिको न्यूनिकरण गर्दै महिलाहरुको आर्थिक स्तर वृद्धिमा सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले संस्था सहकारी ऐन अन्तर्गत २२ नीति र १० वटा कार्यविधी सहित सञ्चालनमा रहेको बताउँदै संस्थाको वसालत १ अर्व ३८ करोड रहेको बताउनुभयो । सहकारी स–साना पुँजीहरुको संकलन गरी पुँजी निर्माण गरी आर्थिक समृद्धिका लागि सक्रिय रहेने बताउनुभयो ।
कार्यक्रममा रम्भा ५ का वडा अध्यक्ष खुमाकान्त बस्याल, मालपोत कार्यालय तानसेनका हरिश्चन्द्र ज्ञावली, शिक्षा उपसमिति सदस्य प्रकाश राज श्रेष्ठ, संस्थाका कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेल, संस्थाका सदस्य सरस्वती डोटेल, केन्द्र नं. ३ सय २ का शेयर सदस्य नरिसरा काम्मु, केन्द्र नं. ३ सय १ का प्रमुख भगवती सुर्यवंशी, केन्द्र नं. ३ सय ३९ का हुमादेवी कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका सचिव ओम प्रकाश बस्यालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी हुमनाथ बगालेले गर्नु भएको हो ।
यस्तै रामटार सेवाकेन्द्रमा आवद्ध सदस्यहरुका लागि कालीगण्डकी दर्शनको सभाहल चन्दनेटार, निस्दी गाउँपालिका भित्रका सदस्यहरुका लागि जनता मा. वि. ढुङ्गानाबेशीको गल्धामा मंसिर १९ गते, रामपुर केन्द्रीय कार्यालयमा आवद्घ वा रानपा ५,६,७, ८ नम्बर वडाका सदस्यहरुका लागि दरैठाँटी मा. वि.को हल बिजयपुरमा, सहयोगी सेवा केन्द्रमा आवद्ध सदस्यहरु वा रानपा वडा न. १ देखी ५ न. वडाभित्रका सदस्यहरुका लागि रेशम सभाहल कान्जी हाउसमा मंसिर २१ गते साधारण सभा हुने छ । साधार सभा बाट चयन हुने प्रतिनिधिहरुको सहभागीतामा निर्णय प्रमाणित सहितको साधारण सभा न्यू श्रीनगर होटलको सभाहल बेझाँड मंसिर २४ गते शनिबार हुने संस्थाले जनाएको छ ।