धनबहादुर ठाडा
पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–५ गल्धामा डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । बुढीकोट सामुदायिक वन उपभोक्त समुहको आयोजना तथा निस्दी सव–डिभिजन वन कार्यालय मित्याल, पाल्पाको समन्वयमा गोष्ठी भएको हो ।
गल्धाको गल्धाफाँटमा भएको गोष्ठीमा यहाँका विभिन्न सामुदायिक वनका १ सय २० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । गोष्ठीमा आगलागी बाट वन जंगलमा हुने हानी नोक्सानी, आगलागी बाट वन जंगललाई बचाउने उपाय तथा वनमा आगो लगाएमा हुने कार्वाही, दण्ड, जरिवानाको बारेमा छलफल गरिएको थियो ।
बुढीकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षतामा भएको गोष्ठीको सहजीकरण निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख नन्द प्रसाद अधिकारी र सामुदायिक वन उपभोक्ता महासंघका निस्दीका अध्यक्ष विष्णुदेव सोमैले गर्नुभएको हो । पछिल्लो समयमा वन डढेलोका कारण ठूलो क्षति हुनेगरेको छ । साथै बस्ती पनि जोखिममा पर्दै आएको ।