स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा ३ जना घाईते

स्याङ्जा, स्याङ्जाको भिरकोट नगरपालिका–२ मा जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । आईतबार दिउँसो साढे १२ बजे ग १ ज ६२५० नम्बरको जिप भिरकोट नगरपालिका –२ पेघा स्थित भित्रि सडक खण्ड रोकि राखेको जिप अगाडी बढ्न गई दुर्घटना हुँदा ३ जना घाईते भएको हो ।

जिपमा सवार बिरूवा गाउँपालिका –७ स्याङ्जा, बस्ने बर्ष २६ को गौमाया गुरूङ, उहाँको ९ महिनाको छोरी जेनिसा गुरूङ र भिरकोट नगरपालिका ३ का ३० वर्षिय दिलमाया थापा घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुलाई थप उपचारका लागि पोखरा पठाएको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?