काठमाडौं ,संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । उनको हृदयघातका कारण मृत्युु भएकाे हाे ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको नेवाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा रहेकाे एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।