पाल्पा, रामपुर नगरपालिका–७, किसानबारीमा भोली सोमबार देखि हुन गैरहेको ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा असोज २२ देखि २८ रामपुर नगरपालिका–७, किसानबारी खेल मैदानमा हुने प्रतियोगिताको तयारी सकिएको क्लवले जनाएको हो ।
विजयादशमी, शुभदिपावली संगै क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा हुन लागेको प्रतियोगिताको तयारी सकिएको क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि सम्पूर्ण सरोकारवाला निकायहरु संग हातेमालो गर्दै रामपुरको उत्सवको रुपमा लिएर अघि बढेको जानकारी दिनुभयो । रामपुरलाई खेलकुदको मध्यम बाट चिनाउन तथा स्थानीय खेलाडीहरुको स्तर वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका संयोजक अनिल शाहीका अनुसार प्रतियोगितामा रामपुर बाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता जनाउने छ । प्रतियोगिताको सोमबार दिउँसो १ बजे लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ता मार्फत उट्घाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो उट्घाटन खेल भैरव स्पोर्ट क्लव नवलपरासी र होराईजन क्लव वालिङ स्याङ्जा विच हुने जनाएको छ । प्रतियोगिताको अवसरमा क्लवले मौलिक झाँकी प्रदर्शनी, खानाका परिकार सहितको स्थल तथा जिल्लाको उत्पादनहरुको विक्री वितरण गरिने जनाएको छ । ज्योति पुञ्ज कपको अवसरमा विद्यार्थीहरुको बौद्धिक विकासको लागि माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि हुनेछ । क्लवले प्रतियोगिताको ट्रफी, टाईसेट र जर्सी गत असोज १८ गते सार्वजनिक गरेको थियो ।
यस्तो छ खेल तालिका ।