रामपुर ६ का योजनाहरुको निरिक्षण

पाल्पा, रामपुर नगरपालिका ६ मा सम्पन्न भएका तथा सञ्चालनमा रहेका योजनाहरुको एक टोलीले निरिक्षण गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका तथा सञ्चालनमा रहेका योजनाहरुको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यको टोलीले योजनाको अवस्थाको बारेमा जानकारी दिन निरिक्षण गरेको हो । प्रमुख प्रशासकिय अधिकृत आचार्य, रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, लेखाअधिकृत रेनुराम ज्ञावली, रामपुर नगरपालिका ६ का वडा सदस्य थिरलाल ढकाल, यम बहादुर भुजेल, वडा सचिव बासुदेव ढकाल, पत्रकार शुसिला रेग्मीको टोलीले निरिक्षण गरेको हो ।

टोलीले ज्याग्दी सामुदायिक वनमा निर्माणाधिन पार्क, तालपोखरा, नगर गौशाला र निर्माणाधिन शहरी स्वास्थ्य केन्द्रको निरिक्षण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?