पाल्पा, रम्भा गाउँपालिका १ असेर्दी पाल्पामा भेलले बगाउँदा एक जनाको ज्यान गएको छ । गयराती भेलले बगाउँदा रम्भा १ असेर्दीका ३० वर्षिय दिनेश अर्यालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वर्षाद भैरहेपछि अाफ्नो खेतमा भल पस्ने जोखिम भएकाले उनी राती १ बजे भल तर्काउन गएका थिए ।
रम्भा १ देखी वडा नं. २ काे फाेक्सिङकाेट जाने सडकबाट ढुङ्गा माटो सहित अाएको भलले बगाई उनलाई झण्डै १० मिटर तल पुर्याएको थियो । उनी पुरिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।