रामपुर ४ का खेलाडीहरु सम्मानित


पाल्पा, जिल्लाको रामपुर नगरपालिका वडा नं. ४ का खेलाडीहरु सम्मानित भएका छन् । छैठौं मेयर कपमा विभिन्न विद्यामा उत्कृष्ट स्थान हासिल गर्दै वडालाईलाई रनिङ्ग शिल्डको उपाधि दिलाउन सफल खेलाडी, वडा बाट जिल्ला तथा प्रदेशको प्रतियोगितामा पुग्न सफल खेलाडी, पूर्व खेलाडी, टिम कोच, व्यवस्थापक, प्रशिक्षक तथा रेफ्रीहरुलाई सम्मानित भएका हुन् ।

वडा खेलकुद विकास समिति ४ नं. वडाको आयोजना र ४ नं. वडा कार्यालयको संरक्षणमा आइतबार कार्यक्रम गरी सम्मान गरिएको हो । कार्यक्रममा मेयर कप अन्तर्गत भएको फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन तर्फ प्रथम र द्धितिय स्थान, महिला भलिबल तर्फ द्धितिय स्थान हासिल गर्न सफल खेलाडीलाई सम्मान पत्र र नगदले सम्मान गरिएको थियो भने अन्य खेलाडीहरुलाई सम्मान पत्रले सम्मान गरेको हो । वडा खेलकुद विकास समिति ४ नं. वडाका अध्यक्ष मोहम्मद असगर अलिको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका–४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो ।

खेलाडीलाई सम्मान गर्दै प्रमुख अतिथी रानाले खेलाडीहरुले खेल मार्फत वडाको पहिचान स्थापित गर्न सफल भएको बधाई सहित शुभकामना दिदै खेल क्षेत्रको उत्थानका लागि पहल गर्ने बताउनुभयो । उहाँले भौतिक पूूर्वाधारको अभावमा वडा भित्र खेलकुदका गतिविधि सञ्चालनमा कठिनाई भएको बताउँदै पूर्वाधार निर्माण र प्रशिक्षणमा वडाले जोड दिने बताउनुभयो । रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले सिमित स्रोत र साधनका कारण सबै विधाका खेललाई अझै समेट्न नसकिएको बताउनुभयो । उहाँले खेलकुदले व्यक्तित्व विकास संगै राष्ट्र र समाजको पहिचान स्थापित गर्न सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला भलिबल संघका सदस्य कमल राना, रामपुर ४ का वडा सदस्य मोहन सिं राना, नेपाली कांग्रेस रामपुर ४ का सभापति थर्क बहादुर राना, नेकपा एमाले रामपुर ४ का दिल बहादुर कौसी, रेवतीपोखरा टोल विकास समितिका संयोजक विमल श्रेष्ठ, शहीद बहुमुखी क्याम्पस स्ववियु सभापति ल्याकत अली, समाजसेवी क्याप्टेन धन बहादुर श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका नगर सदस्य टेक बहादुर क्षेत्री, अभिभावक हमिद मियाँ र रानीवन तथा बडभान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सीता प्रधानले खेलकुदको विकासका लागि प्रशिक्षणमा लगानी गर्नु आवश्यक रहेको बताउँर्दै खेलाडीहरुलाई थप सफलताको शुभकामना दिनुभएको थियो । रामपुर नगरपालिका वडा नं. ४ को सभाहलमा भएको कार्यक्रम रामपुर ४ का वडा सदस्य मोहम्मद ताजिम शेखको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन वडा खेलकुद विकास समिति ४ नं. वडाका सचिव लक्ष्मण मश्राङ्गीले गर्नु भएको हो ।

कार्यक्रमको अवसरमा वडा खेलकुद विकास समिति ४ नं. वडाले छैठौं मेयर कपमा प्राप्त भएको रनिङ्ग शिल्ड सहित ट्रफी वडा कार्यालयलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?