बुलिङटारमा हाइस दुर्घटना हुँदा चार जना घाइते  

पाल्पा, कालिगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटारमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । काठमाडौं बाट स्याङ्जाको गल्याङ तर्फ आउँदै गरेको बा ३ ख ९७९३ नम्बरको हाइस बुलिङटार गाउँपालिका–६ धाँसीमा बुधबार दिउँसो दुर्घटना हुँदा हाइसमा सवार चार जना घाईते भएका हुन् ।

हाइसमा सवार मध्ये तनहुँको घिरिङ गाउँपालिका–५ घर भई हाल काठमाडौ नागार्जुन नगरपालिका–९ कलङ्की बस्ने ६२ वर्षिय चुरामनि श्रेष्ठ, पाल्पाको रामपुर नगरपालिका वडा नं. ५ मटेरी बस्ने ७३ वर्षिय पवित्रा लम्साल, रामपुर नगरपालिका–७ किसानबारी बस्ने ९० वर्षिय गंगा बहादुर श्रेष्ठ र स्याङ्जाको गल्याङ नगरपालिका ११ बस्ने ३१ वर्षिय दिपा बस्याल घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) ले जनाएको छ ।

घाईते मध्ये चुरामनि श्रेष्ठ र पवित्रा लम्सालको रामपुर अस्पतालमा उपचार भैरहेको छ । गंगा बहादुरश्रेष्ठ र दिपा बस्याललाई रामपुर अस्पतालमा उपचार पश्चात थप उपचारको लागि तानसेन रेफर गरिएको छ । अन्य यात्रुलाई अर्को सवारी साधनमा चढाएर गन्तव्य तर्फ पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

दिउँसो १२ः५०मा ओरालो सडकमा ब्रेक फेल भएपछि गाडी सडको बायाँ तर्फको खसेको थियो । दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ । घाइतेहरुले ओभरलोड भएको गाडी तिव्रगतिका कारण दुर्घटना भएको बताएका छन् ।

रामपुर अस्पतालमा उपचार हुँदै ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?