पाल्पा पाल्पामा कोरोना संक्रमण दर शुन्यमा झरेको छ । यस संगै पाल्पा पनि कोरोना भाईरस संक्रमण मुक्त जिल्ला भएको छ । कोरोना संक्रमण देखिएका सवै घर फर्किए संगै संक्रमण मुक्तभएको हो ।
जिल्लामा ५६१ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये पूर्वखोला गाँउपालिका वडा नं. १ सिलुवाका १ जनाको कोरोना कै कारण मृत्यु भएको छ । ५ सय ६० जना भने कोरोनालाई जितेर घर फर्किएका छन् । अहिले सम्म ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण गरिएका मध्ये ५ सय ६१ जनामा सक्रमण देखिएको थियो । ति मध्ये ५ सय १५ जना पुरुष र ४६ जना महिला रहेका छन । पाल्पामा अहिले आसोलेशनमा कोरोना संक्रमित विरामी नरहेकोले संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड–१९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताउनुभयो । अन्य मुलुकबाट जिल्ला भित्रिनेहरुकाे सख्या शुन्य भए सगै काेराेना सकंमणकाे सख्या पनि शुन्य भएकाे छ ।
पाल्पाका १० पालिका मध्ये सवै भन्दा बढि पुर्वखोला गाउँपालिकामा १६० जना संक्रमीत भएका थिए भने सवै भन्दा कम रिव्दीकोट गाउँपालिकामा ५ जना संक्रमीत भएका थिए । रामपुर नगरपालिकामा ११७ जना , बगनासकाली गाउँपालिकामा ४२ जना , रैनादेवीछहरा गाउँपालिकामा ३९ जना , रम्भा गाउँपालिकामा ४४ जना , तिनाउँ गाउँपालिकामा ८ जना , निस्दी गाउँपालिकामा ९९ जना , माथागढी गाउँपालिमा ३० जना , तानसेन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो । पाल्पाका अस्पतालहरुमा ३ जनामा संक्रमण देखिएको थियो । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको वा नपैmलिएको बारेमा जानकारी लिन केही व्यक्तिहरुको नमुना परिक्षण समेत गरिएको छ ।