रचनात्मक कार्यक्रमलाई समावेश गर्दै अघि बढेका छौं : प्रवक्ता खाँण

पाल्पा, रामपुर नगरपालिकाका प्रवक्ता एवं १ नं. वडा कार्यालयका अध्यक्ष कपिल बहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मक कार्यक्रमलाई समावेश गर्दै नगरपालिका अघि बढेको बताउनु भएको छ । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै खाँणले आम जनताको हितका लागि नगरपालिका लागि रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नगरको विकासको लागि नगरले नीति तथा कार्यक्रम र बजेटमा रचनात्मक कार्यक्रमलाई समेट्ने प्रयास गरेको छ ।’ उहाँले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सीप विकासका कार्यक्रम, उद्यमशिलता विकास कार्यक्रम, उत्पादन वृद्धिका लागि वडा वडामा पकेट कार्यक्रम, जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक स्कुल सञ्चालन लगाउएतका कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य संगै पूर्वाधार विकासलाई अघि बढाउने प्रयत्न गरिरहेको बताउनुभयो । खाँणले पूर्वाधार विकासमा ठूला योजना एकै वर्ष सम्पन्न गर्न नसकिने भएकाले क्रमागत योजना मार्फत अघि बढाईएको जानकारी दिनुभयो ।

चालू खर्च कटौटी गरी पुँजीगत खर्च वृद्धिमा हदै सम्मको प्रयास गरिरहेको जानकारी दिनुभयो । नगरको आन्तरि आम्दानीलाई वृद्धि गर्न करको दर भन्दा दायरा फराकिलो बनाएको र यस वर्ष थप सक्रिय रुपमा लाग्ने बताउनुभयो । खाँणले आगामी आर्थिक वर्ष बाट राजस्व भुक्तानीलाई डिजिटल माध्यम बाटै तिर्न सकिने व्यवस्था गर्ने तयारी भैरहेको बताउनुभयो । नगरपालिकाले टुक्रे योजना घटाउने र टोल विकास संस्था बाट योजनाको काम गर्नमा जोड दिईने बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा ४ सय ७० वटा योजना मध्ये ४ सय ५० योजना मात्र सम्झौता भएर काम भएको जानकारी दिनुभयो । जस मध्ये ४४० सम्पन्न भएर भुक्तानी भैसकेको, ३ ठेक्का बाट र ७ वटा उपभोक्ता समिति बाट सञ्चालित योजनाको भुक्तानी पनि अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?