मंसिर २८ ।
पाल्पा, पाल्पाको रामपुर नगरपालिका-५ सानीअमराईमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सहित चालक घाइते भएका छन् । कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान बेझाँड बजार बाट विजयपुरतर्फ जाँदै गरेको ग ८ प ६९१७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। घाइते हुनेहरूमा पैदलयात्री रामपुर नगरपालिका ५ भम्बक बस्ने ४० वर्षीय केश बहादुर सेन ठकुरी र मोटरसाइकल चालक पूर्वखेाला गाउँपालिका १ सिलुवा बस्ने २४ वर्षीय सुनिल सुनारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो ।
मर्निङवाकमा हिडिरहनु भएका सेनलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । घाइते मध्ये सेन र सुनारीलाई रामपुर अस्पतालमा प्राथमिक उपचार थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो ।दुर्घटनामा मोटरसाईकलको पछाडी सवार पूर्वखेाला – १, का २४ वर्षीय जिवन कुमार चिदी सामान्य घाईते हुनुभएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।