तानसेनमा गाडीको ठक्कर बाट पैदलयात्रीको मृत्यु

पुस २७ ।
पाल्पा, पाल्पामा फोर्स गाडीको ठक्कर बाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तानसेन –११, सामाकोटका ४६ वर्षीया सीता गहतराज रहेको प्रहरीले जनाएको छ ।

तानसेन–तम्घास सडक खण्डमा शनिबार साँझ ६ बजे तिर सडकमा हिँडिरहनुभएकी गहतराजलाई तानसेन हुँदै गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले सामाकोटमा ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएको गहतराजलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा पठाएको थियो । तर अस्पताल पुर्याएर चेकजाँच पश्चात चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप वेल्वासेले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?