माघ १० ।
पाल्पा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । विहिबार विहान स्थानीय सुर्य प्रसाद पौडेल गोठमा आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । आगलागी बाट जस्ताले छाएको २ तले कच्ची गोठमा जलेर नष्टभएको छ । दुईतले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपियाँ बराबरको क्षति भएको पौडेलले बताउनुभयो ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । कुडो पकाउने क्रममा आगलागी भएको थियो ।