पाल्पामा शनिबार थप ८ जनामा कोरोना पोजेटिभ

पाल्पा, पाल्पामा शनिबार थप ८ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । यस संगै जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा रैनादेवी छहराका १, तानसेनका २ र रामपुरका ५ जनामा कोरोनाको पुष्टि भएको हो । उनीहरु समुदायस्तरका रहेको जनाइएको छ । पोजेटिभ देखिएका सबैको उनीहरुको अवस्था सामान्य रहेको छ । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाका अनुसार नगरपालिकाका ४ जना समुदाय स्तरका र १ जनामा भारत बाट फर्किएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लामा देखिएका संक्रमित मध्ये ६ सय ७७ जना निको भई घर फर्किएका छन् । अहिले सक्रिय कोरोना संक्रमितको संख्या ७६ रहको छ ४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?