पाल्पा, पाल्पाको रामपुर नगरपालिका ८ ढकाल चौपारीमा गत मंगलबार भएको लुटपाटको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । ढकाल चौपारीका मनकुमारी श्रेष्ठको घरमा भएको लुटपाटमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
घरधनी मनकुमारीलाई खुकुरी देखाई कुटपिट गरेर, डर धम्की दिएर ९ लाख ५० हजार बराबरको साढे नौ तोला सुनका गरगहना र नगद ३ लाख ५८ हजार लुटपाट गरेका थिए । प्रहरीले चोरीको अभियोगमा घरधनी श्रेष्ठकी बुहारी ३५ वर्षिय राम मायाँ श्रेष्ठ र बौदीकाली गाउँपालिका ३ नवलपरासी घर भई हाल रामपुर ५ बेझाँड बस्दै आएका ३० वर्षिय माधव पंगेनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।
गिरीले चोरी गरी लुकाईछिपाई राखेको सम्पूर्ण नगद तथा गरगहनाहरु पनि अभियुक्तहरु बाट बरामद गरी डाका चोरी मुद्दा अन्तर्गत अदालतमा मुद्दा दर्ता गरेको बताउनुभयो । घटनाको बारेमा थप अनुशन्धान जारी रहेको प्रहरीले जनाएको छ ।