पाल्पा, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम भुक्तानी गरेको छ। कम्पनीले बगनासकाली गाउँपालिका ४ महछाप पाल्पाका स्व.तिल बहादुर गाहाको परिवारलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेकाे हो ।
२ वर्ष अघि छोरी टेरिसा गाहाको ५ लाख बराबरको बालअमृत-१ विमा गरिदिएका गाहाको परिवारलाई ५ लाखको चेक प्रदान गरेको हो । गाहाकी श्रीमती मनिसरा गाहालाई शुक्रबार एक कार्यक्रमका विच चेक हस्तान्तरण गरिएको हो । गाहालाई बगनासकाली ४ का वडा अध्यक्ष हुतमान सिंह दर्लामी, वडा सदस्य जित बहादुर कनौजे र कम्पनीका चिफ विजनेश म्यानेजर संगिता भट्टराईले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष दर्लामीले परिवारको मुख्य व्यक्तित्वको निधनले परिवारमा पुगेको क्षति अतुलनिय रहे पनि प्राप्त रकमले छोरीको शिक्षाको लागि ठूलो राहत हुने बताउनुभयो । उहाँले भविष्यको बचत संगै अार्थिक सुरक्षाको लागि विमा अपरिहार्य सावित भएको बताउनु भयो । वडा सदस्य कनौजेले गाहा परिवारको पिडामा कम्पनीले मलम लगाएको भन्दै प्राप्त रकमलाई छोरीको शिक्षाको लागि खर्च गर्न अाग्रह गर्नुभयो ।
कम्पनीका चिफ विजनेश म्यानेजर भट्टराईले टेरिसाको संरक्षकको रुपमा रहेका तिल बहादुरको परिवारलाई विमा पोलिसि अनुसार संरक्षकको अनुपस्थितिमा प्रदान गरिने रकम हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले टेरिसाको विमा यथावत रहने बताउँदै बाँकी शुल्क मिनाहा हुने जानकारी दिनु भयो । विमा पोलिसि अनुसार टेरिसाले विमा अवधी समाप्तिमा विमाङ्क रकम सहित बोनस प्रदान गर्ने छ ।
टेरिसाको २ वर्ष अघि १५ वर्षे विमा गरिएको थियो । विमा शुल्क बापत कम्पनीलाई १ लाख ९ हजार ५ सय ६० रुपैयाँ बुझाएको थियो । कम्पनीका चिफ विजनेश म्यानेजर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एजेन्सी कार्यालय तानसेनका कर्मचारी विष्णु मायाँ गाहाले गर्नु भएको हो ।