काठमाडौँ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बाट बचाउन सरकारले पुन : बैशाख १५ गते सम्म लकडाउन घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्री परिषद् बैठकले चैत ११ बाट सुरु भएको लकडाउन तेस्रो पटक बढाउने निर्णय गरेको हो । १२ दिन समय थप गरी वैशाख १५ गतेसम्म र्पुयाइएको छ । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमीत संख्या बढ्दै गए पछि बैशाख ३ गते बुधबार सम्म घोषणा गरेको थियो । १० गते देखि यातायात सञ्चालनमा रोक लगाएको थियो । त्यस्तै अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरि सकेको छ ।
नेपालमा मंगलबार सम्म १६ जनामा संक्रमण देखिएको छ । छिमेकी मुलुक भारतले पनि मंगलबार नै लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ । भारतमा मे ३ सम्म लकडाउन जारी राखेको छ ।