रामपुर नगरको कोरोना राहत कोषमा सुरक्षा र दियालोको ४६ हजार

पाल्पा, सरकारले अवलम्बन गरेको एक द्वार निती अनुसार रामपुर नगरपालिकाका संघ संस्थाहरुले नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोष रकम जम्मा गरिरहेका छन् । यस्तै कोषमा सोमबार रामपुरका दुई सहकारीले पनि रकम जम्मा गरेका छन् ।

सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले नगद २५ हजा ५ सय २५ र दियालो सामाजिक महिला कृषि सहकारी संस्था रामपुर ३ ले २० हजार ५ सय ५ गरी ४६ हजार ३० जम्मा गरेको हो । कोरोना भाईसर संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारको लागि राहतका लागि रकम प्रदान गरेको हो । सुरक्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जित बहादुर मल्ल, उपाध्यक्ष मञ्जु अधिकारी भट्ट, कोषाध्यक्ष शालिकराम सिग्देल र सचिव राम बहादुर रानाले नगरप्रमुख रमण बहादुर थापालाई रकम हस्तान्तरण गर्नु भएको हो ।

त्यस्तै दियालो सामाजिक महिला कृषि सहकारी संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष ईश्वरी देवी खनाल र सदस्य दिपा खनालले रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, प्रमुख प्रसाशकिय अधिकृत ऋषिराम आचार्य, लेखा अधिकृत रेणुराम ज्ञावली र योजना अधिकृत कपिल बहादुर खाँणको उपस्थितिमा नगर प्रमुख थापालाई रकम हस्तान्तरण गर्नु भएको थियो ।

सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख थापाले नगरले संघ संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा ठूलो थप उत्साह मिलेको बताउनुभयो । उहाँले दास्रो चरणको राहतको लागि तयारी भैरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?