छिमेक लघुवित्त रामपुर शाखाले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

पाल्पा, छिमेक लघुवित्त वितिय संस्था लिमिटेड रामपुर शाखाले रामपुर र चापाकोट नगरपालिका भित्र कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्व महामारीको रुपमा फैलिएको नयाँ भेरीयन्ट सहितको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विच जारी निषेधाज्ञामा पनि शान्ति सुरक्षाको लागि खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षाको लागि सामाग्री प्रदान गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर पाल्पा, स्याङ्जा चापाकोट नगरपालिका ८ दामाचौरमा रहेका प्रहरी चौकी र साँखर मझुवामा रहेको प्रहरी चौकीलाई माक्स, सेनिटाइजर र साबुन लगायतका सामाग्री हस्तान्तरण गरेको हो । छिमेक लघुवित्त वितिय संस्था लिमिटेड रामपुर शाखाका प्रमुख संकल्प लामिछानेले सामग्री प्रदान गर्नु भएको हो । शाखाका प्रमुख लामिछानेले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरी सामाग्री प्रदान गर्नु भएको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले धन्यबाद दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?