पाल्पा, पछिल्लो समय विभिन्न संघ संस्थाहरुले कोभिड विरुद्धको अभियानमा साथ दिदै आएको छ । अस्पताल संगै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री तथा अन्य सहयोगहरु प्रदान भैरहेको छ ।
मंगलबार छिमेक लघुवित्त वितिय संस्था लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका रकम प्रदान गरेको छ । कोरोना विरुद्धको लडाईमा साथ दिनको लागि शाखाको तर्फ बाट १७ हजार प्रदान गरेको हो । शाखा प्रबन्धक संकल्प लामिछानेले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई नगर उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला र लघुवित्तका एकाउण्टेन नोखिराम ओली लगाएतको उपस्थितिमा चेक हस्तान्तरण गर्नु भएको हो ।
रकम ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबैको सहयोगले स्थानीय तहलाई थप उर्जा मिलेको बताउनुभयो । शाखा प्रबन्धक लामिछानेले शाखाको सेवा क्षेत्र र प्रदान गर्दै आएको वित्तिय सेवाको बारेमा जानकारी दिदै सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सहयोग प्रदान गरेको जानकारी दिनुभयो । शाखाले यस अघि इलाका प्रहरी कार्यालय रामपुर पाल्पा, स्याङ्जा चापाकोट नगरपालिका ८ दामाचौरमा रहेका प्रहरी चौकी र साँखर मझुवामा रहेको प्रहरी चौकीलाई माक्स, सेनिटाइजर र साबुन लगायतका सामाग्री हस्तान्तरण गरेको थियो ।