कामना सेवा विकास बैंक द्वारा रामपुरमा मास्क वितरण

पाल्पा, कामना सेवा विकास बैंकले रामपुरमा शुक्रबार मास्क वितरण गरेको छ । कोरोना महामारी कायम नै रहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि मास्कको प्रयोग नै प्रभावकारी भएकाले सचेतनाको लागि वितरण गरेको हो ।

रामपुर शाखाले बेझाँड बजार क्षेत्रमा मास्क विना हिडेका सर्वसाधारण, यात्रु तथा व्यवसायीहरुलाई मास्क प्रदान गरेको थियो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरले पनि सहयोग गरेको थियो । कामना सेवा विकास बैंक रामपुर शाखाका कर्मचारी र प्रहरी सहितको टोलीले बेझाँड बजार चोक, बाङ्गेपसल रोड, सहकारी पथ, तल्लो चोक क्षेत्रमा मास्क वितरण गरेको थियो ।

कामना सेवा विकास बैंकले रामपुर शाखाका प्रबन्धक सन्तोष गौतमले महामारी फैलरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नु र गराउनु सबैको दायित्व रहेको बताउँदै बैंक आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतनाको लागि कार्यक्रा गरेको जानकारी दिनुभयो । त्यस्तै बैंकले ईलाका प्रहरी कार्यालय रामपुर र संगै सञ्चारकर्मीहरुलाई मास्क प्रदान गरेको थियो ।

कार्यक्रममा बैंकका शाखा प्रमुख गौतम संगै ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्की, रामपुर शाखाका सम्बन्ध प्रबन्धक पदम अधिकारी, महेन्द्र देवकोटा सहितका कर्मचारी एवं प्रहरीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?