कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो

काठमाडौं, सोमबार एकै दिन २४ जनामा संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान १० जना, दिउँसो १ जना र साँझ १३ जना गरी २४ जनामा एकै दिन संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विहान कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५, बुद्धभुमी नगरपालिका नं. ७ र वडा नं. १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षिय र एकजना उमेर नखुलेका पुरुष गरी १० जनामा संक्रमण पाइएको विज्ञप्ति मार्फत जानकारी दिनु भएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव परिक्षण गरिएको थियो । उनीहरु सबै भारत बाट फर्किएका हुन् । दिउँसो सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नं. ३ का १८ वर्षिय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला परीक्षण गर्दा पोजेटिभ भेटिएको जनाएको थियो ।
साँझ पुन कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका ६ जना पुरुष, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्ष ६ जन पुरुष र बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा संक्रमण भेटिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस संगै हाल सम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन  भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?